मुर्शरफलाई मृत्युदण्ड दिने सजाय खारेज

डिसी नेपाल
२८ पुष २०७६ १९:१३

इस्लामावाद (एजेन्सी) । पाकिस्तानको एक अदालतले सैनिक शासक जनरल पर्वेज मुर्शरफलाई मृत्युदण्ड दिने फैसला खारेज गरेको छ।

गएको डिसेम्बर १७ पाकिस्तानको विशेष अदालतले मुर्शरफलाई देश द्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो।

तर, साेमबार एक पाकिस्तानी अदालतले उनीमाथि फैसला सुनाउने सबै अदालती प्रक्रिया नै रद्द गरिदिएपछि मृत्युदण्डको फैसलामा पनि निष्प्रभावी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

उपचारका लागि दुबईमा रहेको मुर्शरफ गम्भीर स्वास्थ्य अवस्थासँग जुधिरहेका बेला उनलाई मृत्यु दण्ड दिने फैसला आएको थियो। उनले सो फैसला विरुद्ध पुनरावेदन गरेका थिए ।

मुर्शरफले तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई सत्ताबाट च्यूत गरेर १९९९ मा सत्ता आफ्नो हातमा लिएका थिए। त्यतिबेला उनीमाथि सरिफको हत्या गर्ने प्रयास गरेकोसमेत आरोप लगाइएको थियो। सरिफले आफ्नो हत्या गर्ने षडयन्त्र गरेको आरोपमा उनले त्यो बेला सरिफलाई सत्ताबाट हटाउँदै सैनिक शासन लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *