लिबिया सङ्कट बारे छलफल

डिसी नेपाल
२८ पुष २०७६ २०:५५

मस्को (रासस/सिन्ह्वा) । लिबियामा बढ्दै गइरहेको सङ्कटका बारेमा विभिन्न देशका नेताका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गरेका हुन् ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा लिबिया सङ्कट, युद्ध विरामको महत्वलगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी वक्तव्यका अनुसार दुवै नेताले लिबियाको सङ्कट समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए । सङ्कट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उनीहरुले छलफल गरेको वक्तव्यमा नाइएको छ ।

पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गरेका थिए । यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गरेका छन् । आइतबार भएको फोन कुराकानीका क्रममा उनीहरुले लिबियामा हालै विकसीत घटना क्रमका बारेमा छलफल गरेको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुले क्षेत्रीय चासो र सरोकारका विषयमा पनि कुराकानी गरेको सरकारी निकायद्वारा जारी वक्तव्यमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *