नेपाली ब्याड्मिन्टन खेलाडी प्रिन्स विश्व वरीयताको ११ औं स्थानमा

काठमाडौं । नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा छलाङ् मारेका छन् । अघिल्लो साता १४ औं स्थानमा रहेको उनी आज सार्वजनिक नयाँ वरीयतामा ३ स्थान छलाङ् मार्दै ११ औं स्थानमा पुगेका हुन् ।
यसैसाता काठमाडौंमा सम्पन्न पे्रसिडेन्ट्स कप इन्टरनेसनल सिरिज यू–१९ को फाइनलमा पुगेका प्रिन्सको वरीयतामा सुधार भएको हो । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो । वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् ।
चीनका लिउ लियाङ दोस्रो तथा भारतका लुवाङ तेस्रो, भारतकै भरुण कपुर चौथो र चीनका रेन चिङ मिन पाँचौ स्थानमा छन् । बिडब्लूएफले हरेक साता सार्वजनिक गर्दै आएको वरीयतामा नेपालका प्रिन्सले पछिल्लो समय छलाङ मारिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment