दुबइको बुर्ज खलिफामा चट्याङ पर्यो, यसको ७ वर्षदेखि प्रतिक्षा गरिरहेका थिए एक व्यक्ति

डिसी नेपाल
२९ पुष २०७६ १५:१२

काठमाडौं। दुबइमा हालै ठूलो तुफान आयो । यहाँ ठूलो वर्षा भयो र धेरै ठाउँमा पानी भरियो । तर, यही बीचमा केही यस्तो घटना पनि भयो जसको एक व्यक्तिले ७ वर्षदेखि प्रतिक्षा गरिरहेका थिए । यो दृश्य थियो बुर्ज खलिफामा चट्याङ परेको । यी फोटोग्राफरले यो अद्भूत दृश्य क्यामेरामा कैद गर्न पूरै रात मरुभूमिमा भइरहेको वर्षाको बीचमा एक क्याम्पमा बिताए ताकि फरफेक्ट शट पाउन सकियोस् ।

प्रतिक्षाको फल मिठो हुन्छ । ती फोटोग्राफरले अन्ततः चाहेजस्तो तस्वीर खिच्न सके । यी फोटोग्राफरको नाम हो जोहेब अंजुम । जोहेबले शुक्रबार राती आएको तुफानमा संसारको सबैभन्दा अग्लो भवनमा परेको चट्याङको तस्वीर खिचे । जोहेब पूरै रात मरुभूमिमा वर्षाको बीचमा एउटा सानो क्याम्पमा थिए । फोटो खिचेपछि जोहेबले यो फोटोले आफ्नो लागि २०२० को राम्रो सुरुवात गरेको बताए ।

उनले भने ‘मेरो लागि त्यो क्षण निकै मूल्यवान थियो जब २७२० फिट अग्लो बुर्ज खलिफाको सबैभन्दा माथिल्लो भागमा चट्याङ ठोक्कियो ।’ जोहेबको यो तस्वीर बुर्ज खलिफा प्रशासन र दुबइका राजकुमार शेख हमदानले पनि आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेका छन् । जोहेबका अनुसार चट्याङ बुर्ज खलिफामा ठोक्किँदा दुबइको पूरै आकाश नीलो रंगको प्रकाशले रंगिएको थियो । दुबइका मिडियाका अनुसार १९९६ पछि दुबइसहित युएइको कुनै पनि भागमा यति वर्षा भएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *