प्रविन ताम्बेले आईपीएल खेल्न नपाउने

एजेन्सी । भेट्रान स्पिनर प्रविन ताम्बे भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) खेल नपाउने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नियम पालना नगरेपछि ताम्बे आईपीएलका लागि नपाउने भएका हुन् ।
ताम्बेले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा नगरी टी–१० लिग खेल्दै बीसीसीआईको नियम उलंघन गरेको आईपीएलका अध्यक्ष ब्रिजेस पटेलले बताएका छन् । बीसीसीआईको नियम अनुसार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास नलिएका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमतिबिना खेल्न पाउँदैनन् ।
४८ वर्षे ताम्बे आउने सिजनको आईपीएलमा सर्वाधिक उमेरका खेलाडी रहेका थिए । उनलाई अक्सनमा कलकत्ता नाइट राइडर्सले भारु २० लाखमा अनुबन्ध गरेको थियो ।
ताम्बेले आईपीएलमा सन् २०१३ देखि २०१६ सम्म ३३ आईपीएलका खेल खेलेका छन् । उनले तीन फरक टिम राजस्थान रोयल्स, गुजरात लायन्स र सनराइजर्स हैदराबादबाट आईपीएल खेलका छन् । ताम्बेले ३३ खेलमा २८ विकेट लिन सफल छन् ।
Facebook Comment