पहिलो एकदिवसीयमा भारतद्वारा अस्ट्रेलियालाई २५६ रनको लक्ष्य

एजेन्सी । घरेलु टिम भारतले पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनायो । भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै केएल राहुलले ४७ रन बनाउँदा कप्तान कोहली १६ रन बनाएर आउट भए।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए भने प्याट कमिन्स र केन रिचार्डसनले २–२ विकेट लिए।
प्रतिक्रिया
Facebook Comment