भीम रावलले सुरक्षाकर्मीको दुरुपयोग गरेको प्रधानमन्त्रीका सल्लाहकारको आरोप

डिसी नेपाल
१ माघ २०७६ १४:५०

काठमाडौं। खुला रुपमा आरोप प्रत्यारोपमा उत्रिएका नेकपा स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीचको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भीम रावलले सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाएका छन्।

थापाले सरकारले तय गरेको कार्यविधि विपरित रावलले सुरक्षाकर्मी लिएर हिँडेको बताएका छन्। ‘सबै कार्यविधि विपरितका सुरक्षा अगुवा पछुवा, सुरक्षा पक्ति लिएर हिँडिरनु भएको छ, उहाँलाई कसले धम्की दिने? सोच्न पनि नसक्ने आपराधिक कुरा किन गरिरहनु भएको छ? यो सबे वाहियात कुरा हो भन्ने लाग्छ,’ उनले थाहा खबरसँगको अन्तर्वार्तामा भनेका छन्।

भीम रावलले बालुवाटारबाट आफूलाई मार्ने धम्की आएको बताउँदै आएका थिए। त्यसबारे स्पष्टिकरण दिँदै थापाले सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाएका हुन्। बेलायती राजकुमारी डायनाको प्रसंग निकालेर पापाराजीहरुले जसरी डायनलाई फलो गरेका थिए त्यसैगरी रावललाई नि मिडियाले पछ्याएको कुरा भनेकोमा रावलले त्यसलाई बंग्याएर आफूलाई मार्ने धम्की दिएको भन्दै हिडेको थापाको कथन छ ।

अन्तर्वार्तामा थापाले भक्तपुर र धरानमा चुनाव हार्न पनि रावलले भूमिका खेलेको आरोप लगाएका छन्। उनले भनेका छन्–उहाँका (रावल) भनाइले भक्तपुर र धरानमा पार्टीले चुनाव हार्न भूमिका खेलेको छ। पार्टीले गरेको कामलाई जनताको बीचमा लैजानु पर्नेमा सबैभन्दा धेरै भ्रम सिर्जना गर्ने काम सबैभन्दा धेरै उहाँले गर्नु भको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *