निर्भयाका दोषीले जेलमा बसेर कति पैसा कमाए ? जल्लादले कति पैसा पाउँछन् ?

डिसी नेपाल
१ माघ २०७६ ११:०५

नयाँ दिल्ली। भारतको चर्चित निर्भया बलात्कार र हत्याकाण्डका चारैजना दोषीलाई फाँसी दिन अब एक हप्ता मात्र बाँकी छ । आगामी २२ जनवरीमा उनीहरुलाई फाँसी दिइँदैछ । सर्वोच्च अदालतले दोषीहरुको क्युरेटिभ याचिका पनि खारेज गरिसकेको छ र अब फाँसीमा कुनै रोकावट छैन । तिहाड जेलले पनि फाँसीको तयारी सुरु गरिसकेको छ । फाँसी दिने पवन जल्लादलाई बोलाइसकिएको छ । उनी २० जनवरीमा तिहाड जेल पुग्नेछन् । चारैजना दोषीहरुलाई २२ जनवरीका दिन बिहान ७ बजे फाँसी दिइँदैछ ।

चारैजना दोषीको अन्तिम समय आएकोले प्रशासनले उनीहरुले जेलमा हुँदा गरेको कमाइको विवरण सार्वजनिक गरेको छ । जेलमा कैदीहरुलाई कमाइ गर्नको लागि केही काम दिइन्छ जसमा उनीहरु आफ्नो इच्छाअनुसार योगदान दिन सक्छन् । निर्भयाका दोषीहरुलाई पनि जेलमा केही काम दिइएको थियो । विनय, पवन र अक्षयले काम गरेर पैसा कमाएका छन् तर मुकेशले जेलमा कुनै पनि काम गर्न मानेनन् त्यसैले उनले कत्ति पनि कमाइ गरेका छैनन् । जेलमा विनयले ३९ हजार, पवनले २९ हजार र अक्षयले ६९ हजार कमाइ गरेका छन् । तिहाड जेलले चारैजना दोषीलाई फाँसी दिन पवन जल्लादलाई बोलाएको छ । पवनलाई एक जनालाई फाँसी दिएवापत १५ हजार रुपैयाँ पारिश्रमिक दिइनेछ । कूल ४ जनालाई फाँसी दिएवापत उनले ६० हजार रुपैयाँ पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *