राम लिम्बु भन्छन्, – ‘राम्रो गीत ल्याउन अलिकति समय लाग्छ’
काठमाडौ। ‘द भ्वाइस अफ नेपाल–२’का विजेता राम लिम्बुले पाश्र्व गायनमा आउने तयारी गरिरहेको बताएका छन्।
मंगलबार ‘द भ्वाइस अफ नेपाल सिजन २’का अन्तिम प्रतिस्पर्धीहलाई लिएर विभिन्न देशहरुमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा बताएका हुन्।
‘द भ्वाइस अफ नेपाल–२’को फाइनलिष्टमा पर्न सफल गायक सनिष श्रेष्ठले गाएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘दुःखको काँडा’बोलको गीतलाई अहिले स्रोता/दर्शकले रुचाएका छन्। सनिषले पाश्र्व गायनमा पाइला राखेसँगै राम पनि चाँडै पाश्र्व गायनमा आउने भएका हुन्।
‘सनिषले पाश्र्व गायनमा पाइला चालिसक्नुभयो, तपाई कहिले आउने?’ सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो गीत तयार हुँदै गरेको बताए। ‘सनिषको गीत एकदमै राम्रो छ। उसलाई धेरै बधाई छ’ रामले भने –‘मेरो गीत पनि तयार हुँदैछ। राम्रो गीत आउनका लागि केही समय लाग्छ।’
उनले २ महिनाभित्र आफू पाश्र्वगायनमा आउने खुलाए। स्रोता/दर्शकलाई राम्रो गीत दिने आफ्नो प्रयास रहेको रामले बताएका थिए।
Facebook Comment