आज मकर सक्रान्तिमा अपनाउनुहोस् सावधानी, भुलेर पनि नगर्नुहोस् यी ११ काम
काठमाडौं। आज मकर सक्रान्ति । हिन्दुहरुको लागि आजको दिन अत्यन्तै शुभ दिनमध्येको एक हो । आजको दिन श्रद्धालुहरु नदीमा स्नान गर्छन् । महाभारतका अनुसार यही दिन भिष्म पितामहले प्राण त्यागेका थिए । मकर सक्रान्तिलाई उत्तरायण पनि भनिन्छ । यस दिन गंगा स्नान, ब्रत, कथा, दान र सूर्य उपासनाको विशेष महत्व छ । यस दिन गरिएको दानको फल अनन्त गुणा हुने मानिन्छ । आजको दिन केही कामलाई शुभ मानिएजस्तै केही कामलाई भने अशुभ पनि मानिएको छ । केही कामलाई आजको दिन वर्जित गरिएको छ ।
१. आजको दिन बिहान उठ्नेबित्तिकै खानु हुँदैन । आजको दिन स्नान नगरी भोजन गर्नु वर्जित गरिएको छ । यस दिन गंगा वा पवित्र नदीमा स्नान गर्नुपर्ने भनिए पनि यस्तो सम्भव नभएमा घरमै भए पनि स्नान गर्नुपर्छ ।
२. मकर सक्रान्तिको दिन प्रकृतिसँग उत्सव मनाउने दिन हो । यस दिन रुखबिरुवाको काटछाँट गर्नु हुँदैछ ।
३. मकर सक्रान्तिको दिन कुनै किसिमको नशा गर्नु हुँदैन । मदिरा, धुम्रपान, गुटका आदि सेवन गर्नबाट बच्नुहोस् ।
४. आजको दिन मसलादार खाना खानु हुँदैन । यस दिन तिल, मुंग दालको खिचडी आदिको सेवन गर्नु उपयुक्त हुन्छ । यस दिन यी चीजहरु यथासक्य दान गर्नुपर्छ ।
५. सूर्यदेवको कृपा पाउन चाहनुहुन्छ भने सन्ध्याकालमा अन्न सेवन नगर्नुहोस् । सूर्योदय र सूर्यास्तको समय पुजापाठ गर्नुहोस् ।
६. मगर सक्रान्तिको दिन गाईभैंसीको दूध दुहुनु हुँदैन । यस दिन सबै दूध पाडापाडी वा बाच्छाबाच्छीलाई दिनुहोस् ।
७. आजको दिन घरमा भिखारी, साधु वा वृद्ध आएमा खाली हात नफर्काउनुहोस् । आफ्नो क्षमताअनुसार केही न केही दान गर्नुहोस् ।
८. यस दिन भुलेर पनि लसुन प्याज र माछामासुको सेवन नगर्नुहोस् । यो पर्व सादगीका साथ मनाउनुपर्छ । खानामा सात्विकताको पालना गर्नुहोस् ।
९. यो पर्व प्रकृतिको उत्सव हो । अतः यस दिन अन्नबाली भित्र्याउने काम पनि स्थगित गर्नुपर्छ ।
१०. आजको दिन बोलीमा संयम राख्नुहोस् र नरिसाउनुहोस् । खसैलाई नराम्रो नभन्नुहोस् र सबैसँग मधुरताको साथ कुरा गर्नुहोस् ।
११. सूर्यलाई जल अर्पण गर्दा फलाम, स्टिल वा प्लाष्टिकको भाँडाको प्रयोग नगर्नुहोस् । आजको दिन ब्रह्मचर्यको पनि पालन गर्नुहोस् ।
Facebook Comment