चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु

डिसी नेपाल
१ माघ २०७६ १७:२६

काठमाडौं । चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो । छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो ।

भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । सौगात र सृष्टीसँगै चलचित्रमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्नेछन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजु बिक्रम थापाको छायाँकन, निर्देशक रञ्जितकै कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा र सम्बाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चलचित्रको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिने छ । निर्माण टिमले ३५ दिनको छायाँकन सेड्युल तयार पारेको छ । चलचित्र कमेडी जनरामा बन्नेछ । बिर्तामोड आसपासको प्राकृतिक सुन्दरताले आफ्नो चलचित्रका लागि उपयुक्त हुने भएकोले नै यहाँ छायाँकन गर्न लागिएको निर्माता पौडेलले जनाएका छन् ।

यस्तै कलाकार सौगात मल्ले आफुलाई अहिले सम्मकै भिन्न अवतारमा चलचित्रमा देख्न पाइने जनाए । अहिले सम्म गरेका भन्दा नितान्त फरक भुमिका भएको भन्दै उनले चलचित्रको स्कृप्टले आफुलाई निकै तानेको बताएका छन् । यस्तै कलाकार श्रृष्टी श्रेष्ठले यो चलचित्रबाट आफुले काम देखाउने अवसर पाएको बताइन । आफ्नो भुमिकालाई लिएर उत्साहित श्रृष्टी क्यारेक्टरलाई न्याय त्यत्तिकै चुनौति भएपनि अन्याय नगर्ने बताउँछिन ।

कार्यक्रममा बरिष्ठ पत्रकार प्रकाश सुबेदी, चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल, निर्माता राजेश घतानी, चलचित्रकर्मी मिजास पोखरेललगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ‘माइकल अधिकारी’को शुभारम्भको केक समेत काटिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *