सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाँकी छ : नेपाल

डिसी नेपाल
१ माघ २०७६ १८:४९

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेदवारलाई दायाँबायाँ नगरी मतदान गर्न आग्रह गरेका छन् ।

जेवी टुहुरेको ‘निरन्तरता भाग चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही पुगेका नेता नेपालले देशभक्तिको भावनासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट खडा भएका चार उम्मेदवारलाई आफ्ना मतदाताले दायाँबायाँ नगरी मतदान गर्न र जिताएर सामाजिक, सांस्कृतिक तथा आर्थिकरूपमा परिवर्तन ल्याउन सहयोग गर्न आग्रह गरे। यही माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राधेश्याम पासवान र तुलसा दाहाल साथै राजपाबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाको संयुक्त गठबन्धनबाट चार जना चुनावी मैदानमा रहेका छन् ।

उनले सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमा गीतसङ्गीतको ठूलो महत्व रहेको र टुहुरे पञ्चायतीकालदेखि नै सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन गीतसङ्गीतको यात्रामा रहेके बताए ।

पूर्वप्रधानमन्त्री नेपालले पञ्चायतीकाल विरुद्ध राजनीतिक सिद्धान्तलाई सार्थक बनाउन गीतसङ्गीतका रूपमा परिमार्जन गरी नेपाली राजनीतिमा परिवर्तन ल्याउन अरु टुहुरे जन्मिनु आवश्यकता रहेको बताए।

सर्लाहीको हरिवन नगरपालिका– ५ मा रहेको चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहमा मङ्गलबारदेखि शुरु भएको चौतारी साँझ कार्यक्रमलाई सम्बोधन गर्न बुधबार सर्लाही आएका पूर्वप्रधानमन्त्री नेपाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसमक्ष उखु किसानले आफूहरुको उखुको बाँकी बक्यौता नपाएको गुनासो गरेका थिए । जनताको विश्वास इमान्दारीसाथ पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रायले प्रतिबद्धता जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *