विमान खसालिएकोबारे थप व्याख्या गर्न सेनालाई रुहानीको आह्वान
बीबीसी । इरानका राष्ट्रपति हसन रुहानीले देशको सेनाले गतसाता यात्रुवाहक विमानमा भुलवश कसरी खसालिएको थियो भन्नेबारे थप व्याख्या गर्नुपर्ने बताएका छन्।
एउटा छुट्टै घटनामा इरानका विदेशमन्त्री मोहमद जावाद जरिफले घटनाको केही दिनपछिसम्म इरानीहरूलाई ढाँटिएको कुरा स्वीकार गरेका छन्। उनले आफू र राष्ट्रपति दुवैलाई अन्धकारमा राखिएको पनि आश्वस्त पार्न खोजे।
इरानको रिभोलुशनरी गार्ड्सले नियत बिना युक्रेनी विमानलाई प्रहार गर्दा त्यसमा परी १७६ जनाको मृत्यु भएको थियो। उक्त यात्रुवाहक विमानमाथि अमेरिकासँग इरानको तनाव चर्किएका बेला प्रहार गरिएको थियो।
त्यसको केही घण्टाअघि इरानी क्षेप्यास्त्रले इराकस्थित अमेरिकी फौजहरू रहेको क्षेत्रमा दुईवटा हवाई अखाडालाई निशानामा पारेको थियो। बुधवार सरकारी टेलिभिजनमा बोल्दै राष्ट्रपति रुहानीले सेनालाई अनुसन्धानमा थप कदम चाल्न आह्वान गरे।
उनले थप संयोजन र अनुगमनसहित अनुसन्धान गर्न सेनालाई आह्वान गरेका हुन्। रुहानीले फौजहरूलाई उक्त घटना घटेको क्षण यता के कस्ता बैठक र छलफलहरू भए त्यसबारे जनतालाई व्याख्या गर्न आह्वान गरे।
‘पहिलो कुरा भनेको मानिसहरूलाई इमानदार भएर सूचित गर्नुपर्छ। हामीलाई के थाहा छ र के भएको थियो भन्नेबारे हामीले गर्ने इमानदार कुराले मानिसहरूको आक्रोशलाई मत्थर बनाउँछ,’ उनले भने।
त्यसैगरी भारत भ्रमणमा रहेका बेला विदेशमन्त्री जरिफले एक अन्तर्वार्तामा भनेका छन्, ‘म र राष्ट्रपतिलाई उक्त विमान केले तल खसाल्यो भन्ने थाहा थिएन। र जब हामीले थाहा पायौं तत्कालै हामीले त्यो कुराबारे जानकारी गरायौं।’
Facebook Comment