गैरे सेवा समाज जापानको चौंथो महाधिवेशनबाट नयाँ कार्य समिति चयन

टोकियो। गैरे सेवा समाज जापानको चौंथो महाधिवेशन सम्पन्न भएको छ। गत मंगलबार इन्डियन रेस्टुरेन्ट ताजमहल चिवामा सम्पन्न महाधिवेशनले डिलाराम गैरेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा भुम प्रसाद गैरे, उपाध्यक्षमा भिमप्रसाद गैरे, तारा प्रसाद गैरे र देबिलाल गैरे, महासचिवमा श्यामलाल गैरे, सचिवमा गोविन्द प्रसाद गैरे, रामप्रसाद गैरे (गौरि) र भवनाथ गैरे, सहसचिवमा धर्मराज गैरे, कोषाध्यक्षमा चेतराम गैरे, सहकोषाध्यक्षमा लक्ष्मण गैरे (चित्रप्रसाद) र जीवन गैरे चयन भएका छन् ।
त्यसैगरी मिलन गैरेलाई युवा संयोजक र गीता गैरेलाई महिला संयोजकको जिम्मेवारी दिएको छ ।
निर्वाचित कार्यसमितिको सदस्यहरूमा नन्दकली गैरे, लक्ष्मण गैरे, प्रकाश गैरे, रूपक गैरे, बिनोद गैरे, डिलाराम गैरे, रेशम गैरे, तेजेन्द्र गैरे, खिमानन्द गैरे र तिलक गैरे चयन भएका छन् ।
महाधिवेशन समाजका अध्यक्ष दिलिप गैरेको सभापतित्व बरिष्ठ उपाध्यक्ष डिलाराम गैरेको स्वागत मन्तव्य र सहसचिव श्यामलाल गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा सचिव भिमप्रसाद गैरेले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए, भने संरक्षक झम्पलाल गैरे, संस्थापक अध्यक्ष आत्माराम गैरे,निवर्तमान अध्यक्ष टंक गैरेले मन्तव्य व्यक्त गरेका थिए।
Facebook Comment