आस्था राउतको भिडियोमाथि प्रहरीको अनुसन्धान
काठमाडौं। गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार भिडियोमाथि अनुसन्धान सुरु भएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइसकेको बताए। उनले डिसी नेपालसँग भने –‘गायिकाजीले प्रहरीमाथि लगाउनु भएको आरोप र त्यहाँ के भएको थियो भन्नेबारे बुझ्न निर्देशन दिएका छौं।’ उनले गायिकामाथि दुव्र्यवहार भएको भए त्यो गलत हुने बताउँदै गायिकाले बोलेका शब्दहरु पनि संस्कारयोग्य नदेखिएको बताए।
गायिका आस्थाले प्रहरीले आफूलाई दुर्व्यवहार गरेको बताउँदै एउटा भिडियो आफ्नो पेजमा पोस्ट गरिन्। त्यसमा उनले विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई असभ्य भाषा बोलेर दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन्। त्यहाँ उनले प्रहरीलाई आक्रोशपूर्ण गालीगलौजमाथि समेत गरेकी थिइन्। त्यो भिडियो केही क्षणमा भाईरल समेत भएको थियो। यद्यपी अहिले आस्थाले त्यो भिडियो हटाएकी छिन्।
यस्तो थियो भिडियो :
Facebook Comment