प्रहरीसँग हातेमालो गरेर अगाडी बढे सुरक्षित वातावरण निर्माण हुन्छ : महानिरीक्षक खनाल
पर्सा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्थानीय निकाय, संचारकर्मी र प्रहरीबीच सहकार्य भएर अगाडि बढ्न सके सुरक्षित वातावरण निर्माण गर्न सकिने बताएका छन् । वीरगंज महानगरपालिकामा बनाइएको मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र बीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उदघाटन गरिएको हो । सो अवसरमा महानिरीक्षक खनालले सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिने बताएका छन् ।
स्थानीय तहले अघि बढाएको विकास निर्माण कार्यका लागि सुरक्षा संयन्त्रको रुपमा नेपाल प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत महानिरीक्षक खनालले व्यक्त गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्की र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त लामा, स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Facebook Comment