माघ १७ र १८ गते बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै
काठमाडौं। रेबान (रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० अवसरमा ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ को आयोजना गर्ने भएको छ। रेबानले शुक्रबार पत्रकार सम्मेलन गरी माघ १७ र १८ गते पर्यटकीय स्थल बन्दीपुरमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । कार्यक्रममा रेबान पोखरा, रेवान सौराहा तथा केन्द्रीय रेवानको सहकार्य रहेको छ ।
महोत्सवमा सहभागीहरुलाई खाना तथा बस्नको लागि छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ । नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशाल भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जानकारी गराएको छ ।
Facebook Comment