निर्भयाका दोषीको दया याचिका खारेज तर २२ जनवरीमा फाँसी नहुने
नयाँ दिल्ली। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले निर्भया काण्डका दोषी मुकेश कुमारको दया याचिका खारेज गरिदिएका छन् । मंगलबार राष्ट्रपतिकहाँ पठाइएको याचिका राष्ट्रपतिले शुक्रबार खारेज गरिदिएका हुन् । अब यो घटनाका अन्य दोषीले दया याचिका दाखिल नगरेमा उनीहरुलाई १४ दिनपछि फाँसी दिन सकिनेछ ।
दिल्लीको पटियाला हाउस अदालतले चारै जना दोषीहरुलाई २२ जनवरीका लागि फाँसी दिने मिति तोकेको थियो । तर, यो मितिमा फाँसी दिन भने नमिल्ने भएको छ । दया याचिका खारेज भएपछि पनि दोषीलाई १४ दिनको समय दिनुपर्ने भएकोले यो मितिमा फाँसी दिन नमिल्ने भएको हो । आज मात्र दया याचिका खारेज भएकोले उनीहरुलाई अबको १४ दिनसम्म फाँसी दिन मिल्दैन । अब अन्य कुनै दोषीले अर्को कानुनी विकल्प नरोजेको अवस्थामा पनि १४ दिन फाँसी हुने छैन । अर्का दोषीले उपलब्ध कानुनी विकल्प अपनाए फाँसीको समय झनै लम्बिनेछ ।
Facebook Comment