युनाईटेडको नयाँ कप्तानमा मग्वाएर नियुक्त

काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले डिफेन्डर ह्यारी मग्वाएरलाई कप्तान नियुक्त गरेको छ ।
नियमित कप्तान एस्ले योङले क्लब छाडेपछि युनाइटेडले मग्वाएरलाई नयाँ कप्तान चयन गरेको हो । युनाइटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले टिमको कप्तानी मग्वाएरले गर्ने बताएका छन् ।
योङ युनाइटेडबाट इटालियन क्लब इन्टर मिलान गएका छन् । एन्टोनियो भ्यालेन्सियाले क्लब छाडेपछि योङले युनाइटेडको कप्तानी गर्दै आएका थिए । अब युनाइटेडको कप्तानी मग्वाएरले गर्ने छन् ।
प्रतिक्रिया
Facebook Comment