दोस्रो खेलमा भारतको जित

काठमाडौं । अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीयमा भारतले जित निकालेको छ। राजकोटमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ३६ रन हराउँदै पहिलो जित निकालेको हो। भारतले दिएको ३४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर ३०४ रन बनायो।
अस्ट्रेलियाका लागि स्टीभ स्मिथले सर्वाधिक ९८ रन बनाए। यस्तै मार्नस लाब्ुशानेले ४६ रन बनाए भने कप्तान फिन्चले ३३ तथा केन रिचार्डसन्ले २४ रन बनाए। भारतका लागि मोहम्मद शमीले विकेट लिए। यस्तै नवदिप शैनी, रविन्द्र जडेजा तथा कुलदिप यादवले २–२ विकेट लिए। जसप्रित बुमराहले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४० रन बनाएको थियो।।
भारतका लागि शिखर धवनले सर्वाधिक ९६ रन बनाएका थिए। यस्तै कप्तान विराट कोहलीले ७८ रन बनाउँदा के एल राहुलले ८० रन बनाएर आउट भएका थिए। रोहित शर्माले ४२ रन तथा रविन्द्र जडेजाले १० रन बनाएका थिए। अस्ट्रेलियाका एडम जाम्पाले ३ तथा केन रिचार्डसनले २ विकेट लिएका थिए।
जितसँगै भारत ३ खेलको सिरिज १–१को बराबरी गरेको छ। पहिलो खेलमा अस्ट्रलियाले भारतलाई १० विकेटले हराएको थियो। अब तेस्रो तथा अन्तिम खेल बेंगलुरुमा १९ तारिखका दिन हुनेछ।
Facebook Comment