शनिबारपनि देशभर मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । बिहीबार बेलुकाबाट निरन्तर परेको वर्षा आज पनि निरन्तर रहने भएको छ ।
आज शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी तथा तराई भू भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भईरहेको छ।
काठमाडौँमा बिहीबार साँझदेखि निरन्तर भएको वर्षा २४ घण्टापछि मात्रै रोकिएको छ ।
तीन दिने पूर्वानुमान तालिका
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
माघ ६ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।
Facebook Comment