अस्ट्रेलियासँग भोलि हुने तेस्रो एकदिवसीय अगाडि शिखर धवन र रोहित शर्मा दुवै घाइते

राजकोट। अस्ट्रेलियाविरुद्ध तीन एकदिवसीय सिरिजको दोस्रो खेलमा हिजो भारतीय टिमका दुवै ओपनर शिखर धवन र रोहित शर्मा घाइते भएका छन् । धवनलाई ब्याटिङको क्रममा १० औं ओभरमा प्याट कमिन्सको बल खुट्टाको हड्डीमा लागेको थियो । यसपछि पनि उनले ब्याटिङ भने गरेका थिए ।
धवन फिल्डिङ गर्न भने आएनन् । उनको ठाउँमा युजवेन्द्र चहलले फिल्डिङ गरेका थिए । अर्कोतर्फ फिल्डिङको क्रममा रोहित शर्मा पनि घाइते भए । यद्यपि चोट गम्भीर नभएको बताइएको छ । भारतीय कप्तान विराट कोहलीले चोट गम्भीर नभएकोले तेस्रो एकदिवसीयमा दुवैले खेल्ने आशा गरिएको बताए । टिम व्यवस्थापनले पनि धवनको चोट गम्भीर नभएको बताएको छ ।
प्रतिक्रिया
Facebook Comment