ए डिभिजन लिगः पुलिससँग जावलाखेल पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा पुलिसले जावलाखेललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसको जितमा सौजन राई र सुमन सुवेदीले एक एक गोल गरे । पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको २७ औं मिनेटमा सौजनले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४८ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए ।
खेलमा जावलाखेलले पनि गोलको केहि अवसर बनाएको थियो । तर, पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित पुलिससँग पराजित भयो । जावलाखेललाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ ।
लिगमा तेस्रो जित निकालेको पुलिसले ७ खेलमा ११ अंक जोडेको छ । जावलाखेल भने लिगको छैटौं स्थानमा छ । जावलाखेलको ७ खेलमा ९ अंक रहेको छ । खेलको म्यान अफ दि म्याच पुलिसका सौजन राई चुनिए
Facebook Comment