ए डिभिजन लिगः मनाङ र थ्री स्टारको बराबरी

डिसी नेपाल
४ माघ २०७६ १७:४८

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टारको खेल २–२ को बराबरीमा सकिएको छ ।

१९औं मिनेटमा डेब्यु गरिरहेका भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । पुजन उपरकोटीले ह्यान्ड गरेपछि बक्सबाहिर प्राप्त फ्रिकिकमा लालरम्मावियाले सुन्दर गोल गर्न सफल भएका थिए ।

४९औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अशोक खवासले पेनाल्टी बक्समा अन्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन आफैंले गोल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई खेलमा २–१ को अग्रता दिलाए । ८४ औंं मिनेटमा लालरम्मावियाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *