सरकार मुक्त हलियालाई धनी बनाउने अभियानमा : मन्त्री अर्याल

महेन्द्रनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुक्त हलियाका लागि विशेष सहुलियत कार्यक्रम ल्याउने जानकारी दिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलियाको व्यवस्थितबस्ती हस्तान्तरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले मुक्त हलियालाई गरिबको सूचीमा राखेर धनी बनाउने अभियानमा सरकार लागेको छ भनिन् ।
उनले भनिन्, “सानो कोठाको घर दिएर मात्रै जीविकोपार्जन हुन सक्दैन । विभिन्न सीपमूलक कार्यक्रम दिएर आयमूलक काममा लगाउन सरकार तपाईहरुको साथमा छ ।”
प्रतिक्रिया
Facebook Comment