राजपाद्वारा राष्ट्रियसभामा मतदान गर्न ‘ह्वीप’ जारी

डिसी नेपाल
४ माघ २०७६ २३:०५

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ह्वीप(निर्देशन) जारी गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गरी यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ‘ह्वीप’ जारी गरेका हुन् । सो पार्टीले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसङ्ख्यकमा शेखरकुमार सिंह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता रहेका छन् । राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी तालमेल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *