जर्मन बुन्डेसलिगाः डेब्यू खेलमा ५६ औं मिनेटमा मैदान छिरेर २३ मिनेटभित्र ह्याट्रिक !

डिसी नेपाल
५ माघ २०७६ ९:२७

काठमाडौं । जर्मन बुन्डेसलिगामा गएराती भएको खेलमा एर्लिन हालान्डले बोरुसिया डर्टमण्डमा शानदार डेब्यू गरेका छन् । यही जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका हालान्डको ५६ औं मिनेटमा मैदान छिरेर ह्याट्रिक गरेका छन् । डर्टमण्डलाई उनैले जित दिलाए ।

अग्सवर्गसँग भएको खेलमा ५५ औं मिनेटमा गोल खाएपछि डर्टमण्ड ३–१ ले पछि परेको थियो । गोल खाएसँगै सब्स्टिच्युटको रुपमा मैदान छिरेका हलाण्डले ह्याट्रिक गरेपछि डर्टमण्डले अग्सवर्गलाई ५–३ ले हरायो । मैदान प्रवेश गरेको तीन मिनेटमै हलाण्डले बुण्डेसलिगामा डेब्यु गोल गरेका थिए ।

उनको गोलको २ मिनेटपछि नै जाडोन सान्चोले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्याए । त्यसपछि हलान्डले ७० औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अलाण्डले मैदान छिरेको २३ मिनेटमै ह्याट्रिक पूरा गरेका थिए । जितपछि १८ खेलबाट ३३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा छ । समान अंक भए पनि डर्टमण्ड गोलअन्तरमा वायर्न म्युनिखभन्दा पछि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *