हारेपछि एथ्लेटिको मड्रिड ८ अंकले पछि पर्ने खतरामा

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिड एइबरसँग २-० गोल अन्तरले पराजित भएको हो । २० औं खेल हारेसंगै एथ्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । बार्सिलोनाले आफ्नो २० औं खेल आज ग्रानाडासँग खेल्दैछ । यो खेल बार्सिलोनाले जितेमा एथ्लेटिको ८ अंकले पछि पर्नेछ ।
गएराती एइबरको जितमा इस्टेबान बुर्गोस र एडु एक्स्पोसिटोले एक एक गोल गरेका थिए । यो हारपछि एटलेटिकोको २० खेलमा ३५ अंक रहेको छ भने लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै एइबरको भने २० खेलमा २२ अंक भएको छ र लिगको १६ स्थानमा रहेको छ ।
यस सिजनमा एटलेटिकोको प्रदर्शन त्यति राम्रो देखिएको छैन । अहिल्लो खेलमा सुपर कप फाइनलमा पेनाल्टीमा हार बेहोरेको एटलेटिको विस्तारै ला लिगाको तालिकामा उपाधिबाट टाढा हुदै गएको देखिएको छ ।
अहिले रियल म्याड्रिड ४३ अंकसहित शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
Facebook Comment