वर्षाका कारण वेष्ट इण्डिज र आयरल्याण्डबीचको दोस्रो खेल रद्द

एजेन्सी । घरेलु टिम वेष्ट इण्डिज र आयरल्याण्डबीचको दोस्रो टी–ट्वान्टी खेल नतिजा विहीन भएको छ ।
आयरल्याण्डले दिएको १ सय ५२ रनको लक्ष्यसहित वेष्ट इण्डिजले जवाफी ब्याटिङ गरिरहदा भारी वर्षा भएपछि खेल रद्द गरिएको छ । वर्षाले खेल रद्द हुनु अघि वेष्ट इण्डिजले २ ओभर १ बलमा १ विकेट गुमाएर १६ रन बनाएको थियो ।
यस अघि वर्षाकै कारण खेल रोकिनु अघि १९ ओभरमा आयरल्याण्डले ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । त्यसपछि डीएल पद्दतिको आधारमा वेष्ट इण्डिजले १९ ओभरमा १ सय ५२ रनको नयाँ लक्ष्य पाएको थियो ।
तीन खेलको सिरिजमा वेष्ट इण्डिज १–० ले पछि रहेको छ । अब वेष्ट इण्डिजलाई सिरिज जोगाउन अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।
प्रतिक्रिया
Facebook Comment