ए डिभिजन लिगः फ्रेन्ड्सको दोस्रो जित, सरस्वती पराजित

डिसी नेपाल
५ माघ २०७६ १७:१७

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले पुछारको क्लब सरस्वती युथ क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे । यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे । सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए ।

सरस्वतीलाई हराएसँगै फ्रेन्ड्सले लिगमा दोस्रो जित निकालेको छ। जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ ।

सरस्वतीको लिगमा यो छैटौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले १ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *