निर्णायक खेलमा स्मिथको सतक, भारतलाई २८७ रनको लक्ष्य

एजेन्सी । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतले २८७ रनको लक्ष्य प्राप्त गरेको छ। बेंगलुरुमा भएको खेलमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८६ रन बनाएको हो।
अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सतकिय पारी तथा मार्नस लाबुशानेले अर्धसतकिय पारी खेले। स्मिथले १३२ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १३१ रन बनाए । यस्तै लाबुशानेले ६४ बलमा ५४ रन बनाए। त्यसैगरि एलेक्स केरीले ३५ रन बनाउँदा कप्तान फिन्च १९ रनमा आउट भए।
भारतका मोहम्मद शमीले ४ विकेट लिए। यस्तै रविन्द्र जडेजाले २ तथा कुलदिप यादव र नवदिप शैनीले १/१ विकेट लिए। तीन खेलको एकदिवसीय सिरिजमा १–१ को बराबरी भएको छ। आज जित हासिल गर्ने टिमले सिरिज कब्जा गर्नेछ।
प्रतिक्रिया
Facebook Comment