आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने निर्दोष ठहर
काठमाडौं । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहनको अभियाग लागेका सञ्चारकर्मी रवि रामिछानेलाई सफाई दिएको छ। न्युज २४ मा सिधाकुरा जनतासँगका संचालक लामिछानेलाई उनकै पूर्व सहकर्मि तथा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोग लागेको थियो।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले लामिछानेलाई निर्दोष ठहर गरेको छ।
जिल्ला अदालत चितवनले गत भदौ ९ गते दुरुत्साहनको मुद्दामा पक्राउ परेका संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेसँगै कँडेल र कार्कीलाई पनि अदालतले सफाई दिएको छ।
जिल्ला अदालत चितवनका न्यायाधीश रावलकै इजलाशले रविलाई ५ लाख, युवराजलाई ३ लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।
Facebook Comment