प्रिमियर लिगः लिग लिडर लिभरपुलले युनाइटेडको सामना गर्दै

डिसी नेपाल
५ माघ २०७६ १८:४८

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार दुई ठुला क्लबबीच प्रतिस्पर्धा हुँदैछ । शीर्ष स्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । लिभरपुलको मैदानमा हुने खेल राति १०ः१५ बजे सुरु हुनेछ ।

एनफिल्डमा मैदान उत्रँदा लिग लिडर लिभरपुल आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । लिगमा अपराजित रहने लिभरपुल एक्लो टिम हो । २१ खेलमा २० जित र १ बराबरी खेलेको लिभरपुलले ६१ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले अघि रहेको छ ।

तर, बलियो टिम युनाइटेडविरुद्ध लिभरपुल शतर्क रहने छ । किनकी यस सिजनको पहिलो भेटमा लिभरपुलले युनाइटेडसँग नै बराबरी खेलेको थियो । युनाइटेडको मैदानमा गत अक्टोबरमा भएको भेटमा दुई टिमबीच १–१ गोलको बराबरी भएको थियो ।

यता, युनाइटेड लिभरपुललाई पहिलो हार चखाउने योजनामा हुनेछ । लिगको पाँचौं स्थानको युनाइटेड लिभरपुलविरुद्ध जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा सकेट हुनेछ । युनाइटेडले २२ खेलमा ३४ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *