रोहितको सतकमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा भारतको कब्जा

डिसी नेपाल
५ माघ २०७६ २१:३०

एजेन्सी । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतले ७ विकेटको जित हासिल गरेको छ। २८७ रनको लक्ष्य पछ्याएको भारतले ४७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो। जितसँगै भारतले सिरिजमाथि कब्जा जमाएको छ।

बेंगलुरुमा भएको खेलमा भारतको जितका लागि रोहित शर्मा र कप्तान कोहलीले १३७ रनको बलियो साझेदारी गरे। रोहितले १२८ बलमा ८ चौका र ६ छक्कासहित ११९ रन बनाए। यस्तै कप्तान कोहलीले ८९ रन बनाए। श्रेयस ऐरले ४४ रन बनाउँदा के एल राहुलले १९ रन बनाए। अस्ट्रेलियाका एडम जाम्पा, जोस हेजलवुड र एस्टन अगरले समान १–१ विकेट लिए।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सतकिय पारी तथा मार्नस लाबुशानेले अर्धसतकिय पारी खेलेका थिए। स्मिथले १३२ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १३१ रन बनाएका थिए । यस्तै लाबुशानेले ६४ बलमा ५४ रन बनाएका थिए भने एलेक्स केरीले ३५ रन बनाउँदा कप्तान फिन्च १९ रनमा आउट भएका थिए।

भारतका मोहम्मद शमीले ४ विकेट लिएका थिए । यस्तै रविन्द्र जडेजाले २ तथा कुलदिप यादव र नवदिप शैनीले १र१ विकेट लिएका थिए।

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा भारतले ३६ रनको जित निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *