अग्रता जोगाउन नसक्दा बर्नलीसँग लेष्टर पराजित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बर्नलीसँग पराजित भएको छ ।आइतबार भएको खेलमा लेष्टर बर्नलीसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
बर्नलीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लेष्टर पराजित भएको हो । खेलको ३३ औं मिनेटमा हार्भी बर्नेशको गोलबाट लेष्टरले सुरुवाती अग्रता बनाएको थियो ।
५६ औं मिनेटमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७९ औं मिनेटमा एश्ले वेस्टउडले गोल गर्दै बर्नलीलाई २–१ को जित दिलाए ।
जितसँगै बर्नलीले २३ खेलमा २७ अंक जोडेको छ । बर्नली लिगको १४ औं स्थानमा रहेको छ । बर्नलीसँग पराजित लेष्टरले भने लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको लेष्टरले २३ खेलमा ४५ अंक जोडेको छ
प्रतिक्रिया
Facebook Comment