सिरी ए मा इब्राहिमोविचको किर्तिमान

डिसी नेपाल
६ माघ २०७६ ८:२९

काठमाडौँ । स्विडेनका ३८ बर्षिय स्ट्राइकर जलाटन इब्राहिमोविचले सिरी ए मा नयाँ किर्तिमान बनाएका छन् । आइतबार एसी मिलानले उडीनेसलाई ३-२ गोल अन्तर पराजित गरेपछि इब्रहिमोविचले यस्तो किर्तिमान बनाएका हुन् ।

इब्राहिमोविचले २२२ खेल खेल्दै सबैभन्दा कम खेल खेलेर १५० सिरी ए जितेको किर्तिमान बनाएका छन् । इब्राहिमोविचले जनवरीमा मिलानमा फेरि आएर तीन खेल खेलेका छन् ।

इब्राहिमोविचले यसअघि सिरी ए मा युभेन्टस, इन्टर मिलानबाट खेलिसकेका छन् । उनले युभेन्टसबाट ७०, इन्टर मिलानबाट ८८, मिलानबाट ६१ खेलेका थिए भने यस सिजनमा ३ खेल गरि कुल २२२ खेल खेल्दै १५० खेल जितेका हुन् ।

सिरी ए मा यस अघि काम्बियास्सोले २३० खेल खेल्दै १५० खेल जितेका थिए भने इनसाइनले २३२ खेलमा १५० खेल जितेका थिए । त्यस्तै मैकोनले पनि २३२ खेलमा १५० खेल जितेको किर्तिमान बनाएका थिए भने असामोहले २३५ खेल खेल्दै १५० खेल जितेका थिए ।

इब्राहिमोविचले आफ्नो क्यारियरमा अयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पिएसजी, म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी क्लबबाट खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *