बार्सिलोना फेरि ला लिगाको शीर्षमै फर्कियो, मेस्सीको गोलमा ग्रानाडा पराजित

डिसी नेपाल
६ माघ २०७६ ८:३१

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ग्राण्डालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्राण्डालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले निर्णायक गोल गरेका हुन् । मेसीले खेलको ७६औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

यस खेलमा खेलको ६९औ मिनेटमा ग्राण्डाका जेमन सान्चेजले रातो कार्ड पाएर मैदान छोडेपछि ग्राण्डा १० खेलाडीमा सिमित भएको थियो ।

यो जितसँगै बार्सिलोनाका नयाँ कोच क्वेक्वि सेटीएनले पनि बार्सिलोनामा आफ्नो विजयी शरुवात गरेका छन् ।

सेटिएनले यस खेलसँगै बार्सिलोनालाई उसको परम्परागत शैलीमा फर्काएका छन् । उनले ३-४-३ फर्मेशनमा खेलाउदै बार्सिलोना ‘टिकी-टाका’ शैलीमा खेलाएका थिए ।

पहिलो हाफमा मात्र बार्सिलोनाले ५०८ पास खेलेको थियो जुन सन् २००५-०६ पछि अहिलेसम्म ला लिगा मा कुनै पनि क्लबले पहिलो हाफमा खेलेका थिएनन् ।

यो जितपछि बार्सिलोना फेरी लिगको शिर्ष स्थानमा आएको छ । बार्सिलोनाको २० खेलमा ४३ अंक रहेको छ भने रियल म्याड्रिड पनि ४३ अंकसँगै गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *