रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

डिसी नेपाल
६ माघ २०७६ ९:०५

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले पार्मामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका छन् । रोनाल्डोले खेलको ४३औ र ५८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पार्माका लागि एक गोल आन्द्रेस कोर्नेलिअसले गरेका थिए ।

यो जितपछि युभेन्टसले इन्टरमिलानभन्दा ४ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । गएराती नै भएको खेलमा इन्टर लेसेसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

युभेन्टस सिरी ए मा २० खेलमा ५१ अंकसहित शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानको २० खेलमा ४७ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *