म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सहज जित, लगातार २२ औं खेल हारेन लिभरपुल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा भिर्गिल भान डिक र मोहमद सलाहले एक एक गोल गरेका थिए । भान डिकले खेलको १४औ मिनेटमा गोल गरेका थिए भने सलाहले खेलको अन्तिम मिनेट (९३औ) मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै लिभरपुल प्रिमियर लिगको यस सिजनमा अपराजित रहेको छ । २२ खेलमा २१ जित र एक बराबरीसहित लिभरपुल ६४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा १६ अंकले अगाडी रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने २३ खेलमा ३४ अंक छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment