किन सरापे कालीबाबाले कमल थापालाई?

डिसी नेपाल
६ माघ २०७६ १०:०९

काठमाडौं। नेपालमा गणतन्त्रको स्थापना भएपछि वेपत्ता जस्तै भएका काली दास बाबाले केही दिन अगाडि नेपाल आएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई बेस्सरी सरापेर फर्किएका छन्।

दरबार निकट व्यक्तिहरु राप्रपाका हिन्दू धर्मपक्षधर केही नेता कार्यकर्ताहरु र केही जोगी सन्यासीलाई भेटेका उनले वराप्रपाका अध्यक्ष कमप थापाको दही चिउरे प्रवृत्तिले मुलुकलाई ठूलो नोक्सान भएको बताएका छन्। उनले कमल थापा आफूलाई भेट्न आउँदा झपारेकोसमेत दाबी गरेका छन्।

‘मलाइ भेट्न कमल थापा आउनु भएको थियो, मैले उहाँलाई झपारेँ। तपाईँ दही चिउरो मान्छे, राष्ट्रघाती, तपाईँ देशद्रोही, तपाईँ राजनीतिज्ञ होइन, तपाईँले हिन्दुहरुमाथि प्रहार गरेर नेपाल र नेपालीलाई कलंकित पार्नु भयो, मलाइ तपाईँको मुख हेर्न मन छैन भनेर कमल थापालाई भनेँ, कालीबाबाले भने, ‘मैले उहाँलाई मलाई तपाईँको आवश्यकता छैन, मेरो आवश्यकता तपाईँलाई छ भने मलाइ भेट्न भारत आउनुस भनेको छु।’

अन्य मानिस कालीबाबालाई भेट्न जाँदासमेत उनले कमल थापालाई गाली गर्ने गरेका थिए। लामो समयपछि नेपाल आएका कालीबाबाले आफू मुलुक, धर्म र राष्ट्रियताका लागि र हिन्दू राष्ट्र होस भन्ने कामना लिएर नेपाल आएको बताएका छन्। हिन्दू राष्ट्र समयको माग रहेको उल्लेख गर्दै कालीबाबाले उचित समयमा नेपाल हिन्दू राष्ट्र हुने दाबी पनि गरेका छन्।

आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउन दुई वटा हेलिकप्टरमार्फत अभियान चलाएको उल्लेख गर्दै कालीबाबाले उक्त अभियान देवघाटबाट सुरु भएको बताए। कुनै बेला निकै शक्तिशाली मानिएका कालीबाबाले मुलुकमा गणतन्त्र स्थापना भएपछि नेपाल छोडेका थिए।

भिडियाे सभार: न्युज अभियान टिभी




प्रतिक्रिया

One thought on “किन सरापे कालीबाबाले कमल थापालाई?

  1. Kali Baba le bharatmaa basi-basi Nepal ra Nealilai chunauti didai gareko pani sunna paiyo bhane paxi hami Nepali kati kamjor rahexau? yasbata ramro bujhna sakixa. khali dharmako chunauti matrai dinxan ta baa…katibabaharu jasto nam tyastai rup-rang tyo vanda besi ta uniharuko kalo hridaya. xyaa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *