अमेरिकी गोलीकाण्डमा २ जनाको मृत्यु, ५ घाईते

डिसी नेपाल
७ माघ २०७६ ७:२१

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *