श्रीलंकाका युवा बलरले बनाए सनसनीपूर्ण विश्वरेकर्ड, जसलाई तोड्न लगभग असम्भव

किम्बरली। आइतबार दक्षिण अफ्रिकाको किम्बरलीको डायमण्ड ओभलमा खेलिएको अण्डर १९ विश्वकपको एक खेल भारतले जित्यो तर यो खेलमा सबैको मन भने श्रीलंकाका युवा बलर माथेशा पाथिरानाले जिते । उनले क्रिकेट जगतमा यस्तो बलिङ रेकर्ड बनाए जसलाई तोड्न लगभग असम्भव छ । १७ वर्षका दायाँहाते बलर पाथिरानाले आफ्नो जीवनकै सबैभन्दा तीब्र गतिको बल फाले जसलाई देखेर सबै आश्चर्यमा परेका छन् ।
पाथिरानाको यो बलले तीब्र गतिको बलिङको सबै रेकर्ड ध्वस्त पारेको छ । क्रिकेटमा बलिङको गति नाप्ने प्रविधि स्पिड गनका अनुसार उनको यो बलको गति १७० किलोमिटर प्रतिघण्टा थियो । भारतीय इनिङको चौथो ओभरमा पाथिरानाले यो बल फालेका थिए । यो बलको गति अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि स्तरमा अहिलेसम्मकै सबैभन्दा तीब्र गति थियो ।
Did Matheesha Pathirana Clock 175 KMPH In U19 Cricket World Cup?
Full News: https://t.co/NokzKkSZYg#U19WorldCup #INDvsSL pic.twitter.com/G6EQfI3LUF— विनय ?? (@imvinay_09) January 20, 2020
यसअघि पाकिस्तानी बलर शोएब अख्तरले २००३ विश्वकपका क्रममा दक्षिण अफ्रिकाकै केपटाउनको न्यूल्याण्डसमा इङल्याण्डविरुद्ध एकदिवसीय खेलको क्रममा १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । यो अहिलेसम्म क्रकेट इतिहासको सबैभन्दा तीब्र गतिको बल थियो जुन रेकर्ड अहिले पाथिरानाले तोडेका हुन् । शन टेट र ब्रेट लीले पनि १६० किलोमिटर प्रतिघण्टाको गति सम्म बलिङ गरेका छन् ।
Facebook Comment