सभामुखमा उम्मेद्वारी नदिने कांग्रेसको निर्णय

डिसी नेपाल
७ माघ २०७६ १२:११

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको हो।

संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।

कांग्रेसले यसअघि उपसभामुखमा आफ्ना दललाई समर्थन गरे सभामुखमा नेकपालाई समर्थन गर्ने जनाएको थियो। संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *