आमाले गाली गरेर कपाल काट्न पठाएपछि दुखी छोराले आत्महत्या गरे, आमाको रोएर बेहाल

डिसी नेपाल
७ माघ २०७६ १३:५०

काठमाडौं। हेयर स्टाइलका विषयमा आमाले आपत्ति जनाउँदै लामो कपाल काट्न लगाएपछि १७ वर्षका छोरा यतिसम्म दुखी भए कि उनले झुण्डिएर आत्महत्या गरे । यो घटनापछि आमाको बेहाल भएको छ । उनी लगातार रोइरहेकी छिन् । उनलाई अलिकति पनि लागेको थिएन कि उनको गालीले छोरा यतिसम्म दुखी हुन्छन् कि उनी फाँसीमै झुण्डिनेछन् ।

घटना चेन्नइको भएको आज तकले लेखेको छ । यहाँ मोहना नामकी महिला फिल्म सिटिमा काम गरेर आफ्नो घर चलाउँछिन् । उनका १७ वर्षका छोरा छन् जो कुंदरथुरमा पढ्थे । १४ जनवरीका दिन उनका छोरा घरमा आएका थिए । घर आएका छोराको लामो कपाल देखेपछि आमाले गाली गरिन् । १९ जनवरीका दिन बिहान आमाले छोरालाई लिएर नाइको पसलमा गइन् र गाली गर्दै उनको लामो कपाल काटिदिइन् ।

छोराको कपाल काटिदिएपछि आमा काममा गइन् । घरमा छोरा एक्लै थिए । आइतबार बेलुका जब आमा आमा कामबाट फर्किन् छोरा पंखामा झुण्डिइरहेका थिए । तत्कालै उनलाई तल झारेर पुलिसलाई खबर गरियो तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । पुलिसले लाशलाई पोस्टमार्टमको लागि पठाएको छ । स्थानीयका अनुसार घटनापछि आमाको आँसु रोकिएको छैन । उनलाई यति सानो कुराले छोराले आत्महत्या गर्छन् भन्ने लागेकै थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *