यु–१९ विश्वकपः जापानले बनायो सबैभन्दा खराब रेकर्ड

काठमाडौं । पहिलो पटक यु–१९ विश्वकप खेलिरहेको जापान भारत बिरुद्ध मात्र ४१ रनमा अलआउट भएको छ । यु–१९ विश्वकपको इतिहासमा जापानले बनाएको स्कोर दोश्रो न्यून स्कोर हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको जापान २२ ओभर ५ बलमा मात्र ४१ रनमा समेटियो । जापानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । जसमा उसका पाँच जना खेलाडीले खाता खोल्न सकेनन् ।
जापानलाई सस्तैमा समेट्ने क्रममा रवि विश्नोईले चार तथा कार्तिक त्यागीले तीन र आकाश सिंहले पनि दुई विकेट हात पारे ।
यु–१९ विश्वकपमा कम स्कोरमा समेटिने कीर्तिमान स्कटल्यान्डको नाममा रहेको छ । सन् २००४ को यु–१९ विश्वकपमा स्कटल्यान्ड अस्ट्रेलिया बिरुद्ध २२ रनमा समेटिएको थियो । यस्तै क्यानडा र बंगलादेश समान ४१ रनमा अलआउट भएका थिए ।
प्रतिक्रिया
Facebook Comment