एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिता फागुनमा हुने

काठमाडौं । एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन तेस्रो साता देखी थाईल्यान्डमा हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार इस्टर्न रिजन टि ट्वान्टी फागुन १५ देखी २३ गते (फ्रेबुअरी २७ देखि६ मार्च) सम्म थाईल्यान्डमा हुने जनाएको छ । त्यस्तै वेस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन ९ देखी १६ सम्म ओमानमा हुने छ ।
इस्टर्न रिजनमा नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् । इस्टर्न र वेस्टन रिजनका शीर्ष दुई दुई टोली गरी कुल चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् ।
क्वालिफयारको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगिता खेल्ने छ । एसिया टि ट्वान्टी कपमा क्वालिफायर भएर आउने टोलीसँगै टेष्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।
? ACC #AsiaCup Qualifier Spots up for grabs?
? The ACC Men’s Western Region T20 Tournament is scheduled to be held in Oman from 21st-28th Feb, 2020
? The ACC Men’s Eastern Region T20 Tournament will take place from 27th Feb-6th March 2020, in Thailand!#ACC #WRT20 #ERT20 pic.twitter.com/3L94onPA4c
— AsianCricketCouncil (@ACCMedia1) January 21, 2020
Facebook Comment