प्रशिक्षक बन्दै सचिन!

एजेन्सी । पूर्व भारतीय खेलाडी सचिन तेन्दुलकर पहिलो पटक कुनै टिमको प्रशिक्षक बन्न लागेका छन । तर यो कुनै ब्यवसायीक क्लव भन्दापनि सहयोगार्थ हुने क्रिकेट खेलको टिम हो ।
अस्ट्रेलियामा भएको बिनाशकारी डढेलोका कारण नोक्सान पुगेकाका लागि सहयोगार्थ हुन लागेको च्यारिटी खेलमा सचिनले प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन । फेब्रुवरी ८ तारिखमा हुने च्यारिटी खेलमा अस्ट्रेलियाका पुर्व खेलाडीका साथै लिजेन्ड खेलाडी समावेश हुनेछन ।
जसमा सचिनले अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिंङको कप्तानीमा रहेको टोलीको प्रशिक्षक बन्नेछन । अर्को टिमको कप्तानी शेन वार्नले गर्नेछन् । जसको प्रशिक्षकमा वेस्ट इण्डिजका पुर्व बलर कर्ट्नी वाल्सले गर्नेछन् ।
बिग ब्यास लिगको फाइनल अघि हुने बुशफायर च्यारिटी खेलमा माइकल क्लार्क, एडम गिलक्रिस्ट, ब्रेट ली, शेन वाटसन जस्ता खेलाडीले सहभागिता जनाउने बताइएको छ ।
Facebook Comment