चोटका कारण धवनले न्युजिल्यान्डसँगको टि ट्वान्टी सिरिज गुमाउने

डिसी नेपाल
७ माघ २०७६ १९:४४

एजेन्सी । भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनले न्युजिल्यान्डसँगको पाँच टि–ट्वान्टी सिरिज गुमाउने भएका छन् । ओपनर शिखर धवनले काँधको चोटको कारण टि ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।

अस्ट्रेलियासँगको तेस्रो एक दिवसिय खेलमा आइतबार धवन फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । जसको कारण उनी ब्याटिङ गर्न आएका थिएनन् ।अस्ट्रेलियासँगको सुरुवाती दुबै खेलमा धवनले उत्कृष्ट प्रर्दशन गरेका थिए । धवनले पहिलो एक दिवसिय खेलमा ९१ बलमा ९ चौका र १ छक्का सहित ७४ रन जोडेका थिए । अस्ट्रेलियासँगको दोस्रो खेलमा धवनले ९० बलमा १३ चौका र १ छक्का सहित ९६ रनमा क्याच आउट हुन पुगेका थिए ।

उत्कृष्ट लयमा रहेका धवनले सिरिज गुमाउँदा भारतलाई केहि धक्का लाग्ने छ । भारतले न्युजिल्यान्डसँग ५ टि ट्वान्टी, ३ एक दिवसिय र २ टेष्ट खेल्ने छ । पहिलो टि ट्वान्टी खेल शुक्रबार हुने छ । दोस्रो टि ट्वान्टी खेल आईबार हुने छ । तेस्रो टि ट्वान्टी खेल माघ १५ मा हुने छ । चौथो माघ १७ र पाँचौ तथा अन्तिम खेल माघ १९ मा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *