डिकक बने दक्षिण अफ्रिकाको एकदिवसीय टिमका नयाँ कप्तान, डुप्लेसी बाहिर

डिसी नेपाल
७ माघ २०७६ २०:४१

काठमाडौं । दक्षिण अफ्रिकाले एकदिवसीय खेलका लागि विकेटकिपर–ब्याट्सम्यान क्विन्टन डिककलाई नयाँ कप्तान बनाएको छ । नियमित कप्तान फाफ डुप्लेसीलाई विश्राम दिँदै २७ बर्षिय क्विन्टनलाई इंग्ल्याण्ड विरुद्धको वानडे सिरिजका लागि दक्षिण अफ्रिकाले कप्तान बनाएको हो ।

दक्षिण अफ्रिकाले इङल्याण्ड विरुद्धको सिरिजमा ५ नयाँ खेलाडीलाई मौका दिएको छ । टिममा लुथो सिपाम्ला, किल भेरेन्ने, सिसंडा मगाला, जेन्नेमान मलान र बिजोर्न फर्च्युन डेभ्यु नयाँ अनुहारका रुपमा देखिएका छन् । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको तीन खेलको वानडे सिरिज ४ फेब्रुअरीदेखि सुरु हुनेछ ।

दक्षिण अफ्रिकाको टोलीः क्विन्टन डीकक (कप्तान), रीजा हेन्ड्रिक्स, टेम्बा बभुमा, रस्सी भान डेरड्यूसन, डेविड मिलर, जोनजोन स्मट्स, एन्डील फेहलुकवायो, लुंगी एन्गीडी, तबरेज शाम्सी, बेउरान हेन्डरिक, लुथो सिपाम्ला, किल भेरेन्ने, सिसंडा मगाला, जेन्नेमान मलान र बिजोर्न फर्च्युन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *