धवनको सट्टा टी–२०मा सञ्जु सामसन तथा एकदिवसीयमा पृथ्वी शले मौका पाए

एजेन्सी । चोटका कारण भारतीय खेलाडी टिमबाट बाहिर परेपछि न्यूजिल्याण्डविरुद्धको टी–ट्वान्टीका लागि उनको स्थानमा सन्जु सामसन र एकदिवसीयका लागि पृथ्वी शलाई टिममा राखिएको छ ।
न्युजिल्याण्डविरुद्ध मैदान उत्रन पाए पृथ्वीले एकदिवसीयमा डेब्यु गर्ने छन् । भारतले न्युजिल्याण्डसँग पाँच खेलको सिरिज खेल्नेछ । यस्तै तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
धवन चोटको कारण टिममा नपरेका हुन् । धवनले कुमको चोट बोकेका छन् । बैंगलोरमा रहेको नेसनल क्रिकेट एकेडमीमा उनको उपचार भईरहेको छ ।
प्रतिक्रिया
Facebook Comment